"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
#बिबाह एउटा पवित्र बन्धन हो। भनिन्छ बिबाह पछि नया जीवनको सुरुवात हुन्छ। बर , बधुको एक अर्का बीचको त्यग तथा समर्पणपूर्ण भाबले सुखी जीवनको परिभाषा पुष्टि गर्दछ। बिबाह पछि सकरक्तमक सोच बिचारले एक आपसको आत्मीयता ,रहनसहन, प्रेमभाबको सुन्दर गृहस्थ निर्माण हुन्छ।
बैदिक धर्म शास्त्रमा स्वगोत्रीय (एउटै गोत्र) बिबाह गर्नु हुन्न भन्ने बिचार प्रशस्त भेटिन्छ। एउटै गोत्रमा रगतको नाता एउटै ऋषिको रहेको हुनाले एउटै गोत्रमा बिबाह गर्न निषेध गरिएको हो। रगतको नाता अन्तर्गत रक्तसमूह भित्र स्वगोत्रीय ऋषिको शक्ति सञ्चालित हुने भएकोले एउटै गोत्रमा बिबाह गर्न हुन्न। एउटै गोत्रको ब्यक्तिहरू बीचको सम्बन्ध दाजु भाई, दाजु बहिनी, दाजु बहिनी, दीदी भाई सरह हुन आउछ।
#वर्तमान जीव विज्ञान तथा गर्भ विज्ञानले वताए अनुसार स्त्री गर्भमा मानव शरिरको विकास दुइटा सेलबाट शुरू हुन्छ । एक सेलमा २३ जोडी क्रोमोजोम हुन्छन् ति मध्य एक सेल आमाबाट र एक सेल बुवाबाट आएका हुन्छन् अर्थात हाम्रो शरिरमा जम्मा ४६ वटा क्रोमोजोम हुन्छन् । ति ४६ वटा क्रोमोजोम अर्थात २३ जोडी क्रोमोजोम मध्य एक जोडी क्रोमोजोमलाई लैङ्गिक क्रोमोजोम भनिन्छ । त्यही एक जोडी क्रोमोजोमले व्याक्तिको लिङ्ग निर्धारण गर्दछ । यो वैज्ञानिक आधार अनुसार Y क्रोमोजोम केवल पुरुषमा मात्र हुन्छ ।
सन्तान उत्पादनमा Y क्रोमोजोमबाट छोराको जन्म हुन्छ । अर्थात छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका हुन्छ । छोरा जन्मनुमा पिता नै निर्णायक हुन्छ । पिताको Y क्रोमोजोम विना छोराको जन्म असम्भव छ । छोरी जन्मनुको निमित्त पिताको X क्रोमोजोम र आमाको X क्रोमोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पिताको Y क्रोमोजोम र माताको X क्रोमोजोम मिल्न आवस्यक हुन्छ ।
विज्ञानले प्रमाणित गरे अनुसार स्त्रीमा केवल X क्रोमोजोम मात्र हुन्छ Y क्रोमोजोम हुँदैन Y क्रोमोजोम पुरुषमा मात्र हुन्छ । तसर्थ छोराको जन्म उसको बाबुको Y क्रोमोजोमका कारण हुन्छ र यो Y क्रोमोजोम क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै एवं रितले हुँदै अघी बढ्छ । जबकी महिलाको X क्रोमोजोम र पुरुषको X क्रोमोजोम मिलेर जन्मेकी छोरी अर्कै पुरूषसँग विवाह हुँदा उसको X क्रोमोजोम अन्य वंशसँग मिक्स हुँदै जान्छ र पितातिरको X क्रोमोजोमको अस्तित्व समाप्त हुँदै जान्छ । जबकी पुरूषको Y क्रोमोजोम कसैसँग मिक्स नभइ अनवरत रुपमा अघी बढ्छ ।
पुरुषको जन्मको कारण Y क्रोमोजोम नै हो, जुन उसको पिताबाट मात्र प्राप्त हुन्छ । अर्थात पुरूषको वंश वा जिन Y क्रोमोजोम आफ्नो पुर्खाकोमात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ भने महिलाको गोत्र विवाह पछी उसको श्रीमानको गोत्रमा परिणत हुन्छ किनभने त्यस महिलाबाट जन्मिने पुत्रको Y क्रोमोजोम उसको अथवा मुख्य जीन वा वंश उसको पतिको हुनेहँदा त्यो महिलाको गोत्र पनि उसको श्रीमानको गोत्रमा विलय भएर जान्छ ।
अर्थात स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन् जबकी पुरुषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको Y क्रोमोजोम बोक्दै आइरहेको हुन्छ । त्यस कारण पुरुषलाई वंशको प्रतिनिधी मानिन्छ । त्यसैले गोत्र प्रणालीको विकासको मुल कारण Y क्रोमोजोमको पहिचान गर्दै युगौं युगसम्म आफ्ना भाइवन्धुहरूको पहिचान कायम राख्नु थियो तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र गर्भ विज्ञानमा आधारित छ ।
#सगोत्री विवाह निशेध गर्नुका पछाडी पनि माथी उल्लेखित कारण मुख्य हो । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको Y क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ।
#एउटै गोत्रमा बिबाह भएको खण्डमा सन्तानमा विकलांगता, दुराचारी प्रबृत्ति उतपन्न हुन्छ भनिएको छ। जसले समाजको मूल्य मान्यता , संस्कृति , परम्परा लाई छिन्नू, भिन्न बनाउछ। यो अत्यन्त बौज्ञानिक रहेको छ। तसर्थ सन्तानको शुख , शान्ति, समृद्धि चाहनेले एउटै गोत्रमा विवाह गर्नु हुन्न।
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved