"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
१) आइतबार :- आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन-बेच गर्ने , हवन गर्ने, मन्त्र-उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ ,
२) सोमबार :- यज्ञ गर्नु गराउनु, गाइ, भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त हुन्छ ,
३) मंगलबार :- यसबारमा भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ ,
४) वुधबार :- यस बारमा चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ ,
५) विहिबार :- धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ ,
६) शुक्रबार :- यसबारमा गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ-बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ,
७) शनिबार :-यसबारमा झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह-प्रवेश , स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।
अन्य जानकारीको लागि
हलेसी ज्योतिष परामर्श केन्द्र
पशुपति , काठमाडौँ
युवा ज्यो.ऋषिराज घिमिरे
९८४२६८२०१८
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved