ज्योतिष र अधिबक्ता

कानुन बिषय पढेर अधिबक्ता बन्न सकिन्छ तर के सबै कानुन बिषय पढेर सफल अधिबक्ता बनेका छन त ? अबस्य छैनन । कोहि कानुनको ज्ञाता भएर नि अन्य ब्यबसाय मा छन त कोहि सफल अधिबक्ता हुन सकेका छैनन् । कोहि पनि आफ्नो पढाइ सकेर जे बिषय मा विद्ध्यावारिधि गरेको छ सोहि बिषयमा नै अगाडी बढ्न चाहन्छन तर सफल बन्न सक्दैनन् । या हामी मानव ले भन्ने भन्दा विलकुल फरक छ किनकि यो त सबै ग्रहको खेल हो ।

तपाइलाइ एउटा राम्रो अधिबक्ता बन्नकोलागि तपाइको पढाइ सगसगै वुध ग्रहको सकारात्मक अवस्था हुन पनि जरुरि छ । तपाइँ पढाइमा एकदमै अगाडी भएर पनि एउटा प्रस्ट र प्रखर अधिबक्ता बन्न नासक्न्नु तपाइको मात्रै दोष हैन गरको अबस्थामा नि निर्भर हुने गर्दछ । कोहि सफल अधिबक्ता व्यक्ति एकाएक कमजोर बन्दै गएको महसुस हुनु पनि ग्रह कमजोर हुनु नै हो । यदि तपाइको वुध ग्रह सकारात्मक र सहि पोजिसन मा छ भने तपाइँ सफल अधिबक्ता बन्न सक्नुहुन्छ । तर यदि असफलताको बाटो तिर जादै हुनुहुन्छ भने नआत्तिनुहोस । हामि तपाइलाइ सहि सल्लाह र उपाय दिने छौ ।

तपाइँ वुधवार विहानै उठेर नुहाइधुहाइ गरेर फ्रेस हुनुहोस । अनि भगवान विष्णु लाइ सम्झिनुहोस । ॐ वुं वुधाय नाम : मन्त्र १०८ पटक जप गर्नुहोस साथमा ४.५ क्यारेटको पन्ना धारण गर्नुहोस । दिन भरि नै शुद्द रहनुहोस फलफूल र दुध खानुहोस । माछा , मासु ,अण्डा लसुन ,प्याज र नुन एक दिनको लागि त्यागीदिनुहोस । यदि यसो गर्न सक्नुभयो भने तपाइको कार्य सिद्दि हुन सहयोग हुनेछ ।

अन्य जानकारीको लागि 
हलेसी ज्योतिष परामर्श केन्द्र 
पशुपति , काठमाडौँ 
युवा ज्योतिष ऋषिराज घिमिरे 
9842682018

प्रक्रासित मिती : 2017-07-18 | ४४१ पट्क हेरिएको