गाईको रहस्य र महत्व के छ यसबारे जानिराखौं

 

गाइको स्थान थलचर जंतुमध्ये सबैभन्दा उच्च छ । पुराणहरुका अनुसार गाईमा सबै देवताहरुको वास रहेको मानिन्छ । गाईलाइ कुनै तरिकाले पनि सताउनु घोर पाप मानिन्छ ।
 वैज्ञानिक भन्छन् गाइको स्वासप्रस्वासमा सबैभन्दा बढी अक्सिजन हुन्छ । अक्सिजन लिन्छ र छाड्दा पनि कार्वनडाइअक्साइडका साथ अक्सिजनको परिमाण धेरै हुनेगर्छ । 
 गाईलाइ माता भनिन्छ । गाईले मृत्युपछि बैतरणी पार लगाउछिन् । गाइलाइ देबी मानिएकोले पुजा गरिएको हो । 
अथर्ववेदका अनुसार- 'धेनु सदानाम रईनाम' अर्थात गाई समृद्धिको मूल स्रोत हो तथा प्रचुरताको द्योतक हो। गाईको दूधबाट धेरै परिकार बन्छन् । गोबरबाट ईंधन वा खाद पाइन्छ। गौमूत्रबाट औषधि तथा उर्वरक बनाइन्छ।
गाई यसकारण मात्र्र पूजनीय हैन कि यसले दूध दिन्छ बरु मान्यता छ 84 लाख योनिको सफर गरेपछि आत्मा अंतिम योनिको रूपमा गाई बन्छ । गाइ लाखौं योनिको त्यो धरातल हो जहाँ आत्माले विश्राम गरेर अगाडीको यात्रा सुरु गर्छ ।

गाइको शकुन : 
* गाइको कुनैो अपशकुन छैन सबै शकुन नै शकुन छ । जुन भू-भागमा घर बनाउनु छ त्यहा 15 दिनसम्म गाई-बाच्छा बांध्नाले त्यो स्थल पवित्र बन्छ । त्यो भू-भागबाट धेरै आसुरी शक्तिको नाश हुन जान्छ ।
* गाइमा सकारात्मक ऊर्जाको भंडार हुन्छ ।
* गाईको मार्ग रोक्नु शुभ हो भनिन्छ ।
* गाइ-बाच्छा़को एकसाथ दर्शन पाउनु सफलताको प्रतीक हो।
* घरको आसपास गाइ हुनुको अर्थ हो तपाइ सबै किसिमका संकटबाट पर रहेर सुख र समृद्धिपूर्वक जीवन जीउदै हुनुहुन्छ ।
* गाइको समीप जादामात्र पनि संक्रामक रोग कफ, सर्दी-खांसी वा जुकाम नाश हुन्छ ।
* अचानक गाइको पुच्छरले शरिरमा लाग्नु पनि शुभ मानिन्छ । काली गाइले यस्तो गर्नु त झन बढी शुभ मानिन्छ ।
* गाई मानिस पछि सबैभन्दा भावुक प्राणी हो । जसको घरमा गाइ छ त्यो घरमा कुनै दुखपीर परेको छ भने गाइ पनि दुखित भएर घास खान छाड्छ । घरमा कुनै आपतविपत परेको अवस्थामा घरधनि संगसंगै गाइ पनि पिडीत भैरहेको वा रोइरहेको हुन्छ ।

पंचगव्य : पंचगव्य कैयन रोगमा लाभदायक हुन्छ। पंचगव्यको निर्माण गाइकोे दूध, दही, घ्यु, मूत्र, गोबरद्वारा गरिन्छ । पंचगव्यद्वारा शरीरको रोग निरोधक क्षमतालाइ बढ़ाएर रोगलाइ दूर गरिन्छ । यस्तो कुनै रोग हुदैन जसलाइ पंचगव्यद्वारा उपचार गर्न न सकियोस् । 
कुनै गर्भवती महिलालाइ बच्चा पाउन धेरै कठीनाइ सकस भैरहेको छ भने अलिकति गाइको गोबर पानीमा मिसाएर खुवाउने हो भने प्रसव सजिलो र छीटो हुन्छ ।

प्रक्रासित मिती : 2017-01-05 | ५३० पट्क हेरिएको