ज्योतिष र राजनीति

हामी नेपाली आ-आफ्नो लक्ष्य र उद्देश्य अनुसार हिनिरहेका हुन्छौ ।

हरेक व्यक्ति पिच्छे नै फरक-फरक उद्देश्य हुनु कुनै नौलो कुरा नै भएन । त्यस्तै कसैको लक्ष्य राजनीति गरेर समाजमा नराम्रा कुरा लाइ हाटाएर समाज सुधार्ने पनि हुन्छ । समाजमा समाज सुधार्छु भनेर आफ्नो सम्पूर्ण जीवन बिताउने गर्दा नि कहिले पनि राजनीति बाट अगाडी को पोस्ट मा जान नसक्नु पनि तपाइको कमजोरी होइन यो त केवल ग्रहको खेल हो । यस्तो नि भइ रहेको नि हुन सक्छ कि राजनीतिको उचाइ मा पुगेको मान्छे फेरी तल्लो स्तर मा झर्नु परेको होस् अथवा राजनीतिको सोचे अनुरुपको परिबर्तन गर्न नसकेको अवस्था होस । यो सबै आफु जन्मिदाको ग्रहको अबस्थामा निर्भर हुन जान्छ । यो त सबै ग्रहको खेल हो । 


सुर्य ग्रह राजनीतिक को कारक ग्रह हो । राजनीति गर्नको लागि होस् चाहे राजनीतिमा सफलता हासील गर्न होस् जस्तो अबस्थामा पनि सुर्य ग्रह सकारात्मक र बलबान हुन जरुरि छ । यदि तपाइको सुर्य सकारात्मक छ भने तपाइको राजनीति सफल हुनसक्छ तर सुर्य ग्रह कमजोर छ भनेराजनीति असफल नि हुन सक्छ । यदि यस्तो अवस्था आएमा नआत्तिनुहोस बरु साधान को उपाय के छ भन्ने कुरा बुझेर समाधानको बाटो तिर लाग्नु राम्रो हुन्छ । यदि यस्तो अबस्थामा सुर्यको लागि आइतबार बिहानै उठेर नुहाइधुहाइ सकेर सुर्यलाइ अर्घ दिने अर्घ दिदा ॐ घ्रिणी: सुर्याय नाम : मन्त्र १०८ पटक जप गर्ने र दिन भरि सुद्द रहने अर्थात माछा ,मासु ,अण्डा , लहसुन , प्याज , नुन नखाने अनि धुम्रपान र मध्यपन नगर्ने , साथमा ९ रातिको रुबी धारण गर्ने । यो विधि राम्रो सग प्रयोगमा ल्याएमा हामीले दिएको उपाय अति नै प्रभावकारी हुनेछ । 

प्रक्रासित मिती : 2017-07-18 | ४६५ पट्क हेरिएको