"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
हामि सबैजना एक-एक काममा हुन्छौ र हामि मध्ये धेरैजनालाई सरकारी जागिर खाने मन पनि हुन्छ । हामि मध्ये धेरैजनाले धेरै भन्दा धेरै प्रयास नि गरिरहेका हुन्छौ , तर सफलता मिल्न गार्हो भइ रहेको हुन्छ । कसैको एकदम कम मेहनत बाट पनि सरकारी जागिरमा नाम निकाल्न सफल हुनु र कोहि दिन र रात केहि नभनी पढेर अगाडी बढ्दा पनि सफल हुन गाह्रो भइ रहेको हुन्छ । झट्ट हेर्दा सबै कुरामा अगाडी अर्थात सबै भन्दा अगाडी अध्यायनमा हुने मान्छे नि सरकारी जागिरमा नाम निकाल्न नसकेको हुन सक्छ , के यो व्यक्तिको दोस हो त अबस्य होइन । सरकारी जागिर खाएर नि सन्तुस्टी हुन गाह्रो भइ रहेको हुन्छ । यो सबै हुनुमा ग्रहको ठुलो भूमिका हुन जान्छ ।
सुर्य ग्रह सरकारी जागिरको कारक ग्रह हो । यदि तपाइको सुर्य ग्रह सकारात्मक छ भने तपाइलाइ सरकारी जागिरमा नाम निकाल्न गाह्रो हुन्न तर सुर्य ग्रह कमजोर छ भने सरकारी जागिर खान होस् वा जागिरे लाइ पिडा हुनु सबै ग्रह सकारात्मक हुन नसक्नु नै हो । यस्तो अबस्थामा सुर्यको लागि आइतबार बिहानै उठेर नुहाइधुहाइ सकेर सुर्यलाइ अर्घ दिने अर्घ दिदा ॐ घ्रिणी: सुर्याय नाम : मन्त्र १०८ पटक जप गर्ने र दिन भरि सुद्द रहने अर्थात माछा ,मासु ,अण्डा , लहसुन , प्याज , नुन नखाने अनि धुम्रपान र मध्यपन नगर्ने , साथमा ३ रातिको रुबी धारण गर्ने । यदि यसो गरेमा तपाइलाइ ग्रह सहयोगी हुन सक्छ । सरकारी जागिरमा नाम निकाल्न सहयोग गर्ने हुन्छ र जागिरे को लागि सन्तुस्टी मिल्ने हुन्छ ।
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved