ज्योतिष र तपाइको विदेश यात्रा

सामान्य भाषामा भन्ने हो भने विदेश यात्रा गर्न मेनपावर वा कन्सल्ट्रेन्सि बाट एप्लाई गरेर विदेश जान सकिन्छ । हामी चाहे विदेश घुम्नको लागि होस् या त पढ्न होस चाहे काम गरेर पैसा कामाउन नै होस , विदेश जाने कुरा लाइ सामन्य माने ता पनि त्यहा हुने प्रगति वा घाटा के छ बुझेर यात्रा गर्नु उपयुक्त हुन्छ । कहिले जानु उपयुक्त छ भन्ने बिषय मा जान्न जरुरि छ । कुन देश गए राम्रो जस्ता कुरा हरु बुझेर जानु उपयुक्त हुन्छ । हामि चाहेको समयमा विदेश जान नसक्नु , काम ढिला हुनु यो सबै ग्रह कै खेल हो ।

 

शनि ग्रह विदेशको कारक ग्रह हो । शनि शुभ छ भने तपाइको विदेश को यात्रा सफल बन्न सक्छ तर यदि शनि कमजोर छ भने तपाइको विदेश को यात्रामा समस्या देखा पर्न जान्छ । सहि समय छानेर विदेश गएमा विदेश बाट ठुलै लाभ लिन सकिन्छ तर समय नचिनी विदेश गएमा विदेश अभिसाप पनि बन्न सक्छ । यदि विदेश सग सम्बन्धित काममा ढिला शुस्ती भईरहेको छ वा विदेशमा तपाइले सोचे जस्तो भइरहेको छैन भने भने तपाइँ शनिबार को दिन विहानै उठेता नुहाइधुहाइ गरेर ॐ श शनैश्चारय नम: १०८ पटक जप गर्ने र ८.५ रतिको निलम धारण गर्नु र दिन भरि शुद्द रहने दुध र फलफुल मात्रै खाने अर्थात माछा , मासु , अण्डा , लहसुन , प्याज र नुन नखाने । यदि यसो गरेमा तपाइँ को विदेश यात्रा सफल बन्नेछ ।

प्रक्रासित मिती : 2017-07-18 | ४३२ पट्क हेरिएको