"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
हामि यो २१ औ शताब्दिमा हरेक काममा लागिरहेका हुन्छौ , त्यस मध्ये एक हो कलाकारिता । हुन त मानिस हो काम नगरी बस्ने कुरा पनि भएन । कलाकारितामा जीवन बिताउने भनेर लागिरहेका मित्रहरु आज कति सफल छन त कत्ति असफल पनि छन । यो हामि सबैलाई जानकारी भएकै कुरा हो । मेहेनत धेरै गरेर पनि आज किन सफल भइरहेका छैनन् ? अर्को तिर राम्रो सग अगाडी बढेको कलाकारिता किन पछाडी परिरहेको छ ? यो अलि गम्भीर कुरा नै हो । तर ज्योतिषीय नजरमा यो सबै ग्रह को खेल हो ।
शुक्र ग्रह कला क्षेत्रमा जाने मित्रहरुको लागि अति नै महत्वपुर्ण हुन्छ । शुक्र सकारात्मक हुदा कला क्षेत्र सप्रिएर जान्छ अर्थात तपाइको कलाको सम्मान हुन्छ । यदि तपाइको शुक्र कमजोर छ भने कलाकारिता क्षेत्र खस्किएर जाने गर्दछ । शुक्र ग्रह कहिले शुभ हुन्छ सोहि समयमा अगाडी बढ्नु राम्रो हो बुझेर अगाडी बढ्नु सबै भन्दा बुद्दिमानी हुन जान्छ । तपाइको कलाकारिता लाइ अझै अगाडी अगाडी बढाउन पनि आबस्यक हुन्छ ,त्यसैले शुक्रबार तपाइले विहानै उठेर नुहाइधुहाइ गर्ने , माछा , मासु , लसुन , प्याज ,मादक पदार्थ , धुम्रापन सबै एक दिनको लागि त्याग्ने र शुक्रबार नुन नखाने साथमा एउटा हिरा रत्न धारण गर्ने । यदि यसो गरेमा तपाइको कलाकारिता क्षेत्र अगाडी बढाउन सजिलो हुन्छ ।
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved