ज्योतिष र तपाइको पढाई विचको सम्बन्ध

अहिलेको समयमा पढाइ नभई नहुने बिषय हो । हामी सबैजना पढाइमा अगाडी बढी रहेका हुन्छौ । कतिपय समयमा सफल भइ रहेका हुन्छौ तर कति समयमा असफल पनि भइ रहेका हुन्छौ । सामान्य बुझाइले हेर्ने हो भने नपढेर वा अन्य कारण ले पढाइ बिग्रिए जस्तो लागि रहेको हुन्छ तर ज्योतिषीय नजरले हेर्ने हो भने यो सबै ग्रह को खेल हो ।

बृहस्पति ग्रह विद्याको कारक ग्रह हो । हामी सबैको ग्रह सकारात्मक सधै हुदैन कहिले सकारात्मक हुन्छ त कहिले नकारात्मक पनि हुन्छ । वृहस्पति सकारात्मक छ भने पढाइ राम्रो हुन्छ तर यदि नकारात्मक छ भने पढाइमा कमजोरी हुन जान्छ । यदि तपाइको पढाइ कमजोरी भएमा तपाइले विहिबार शुद्द रहने ( विहानै उठेर नुहाइधुहाइ सकेर ॐ गुं गुरुभे नम: मन्त्र १०८ पटक जप्ने र विहिबार माछा , मासु , लसुन , प्याज नखाने ) विहिबार को ब्रत बस्ने र पुष्पराज रत्न ७ वा ९ क्यारेट को धारण गर्ने । यदि यसो गरेमा तपाइको पढाइमा सुधार आउनेछ ।

प्रक्रासित मिती : 2017-07-18 | ६९३ पट्क हेरिएको