"हाम्रो सानो सल्लाहले तपाइको जीवनमा सकारात्मक उर्जा थपिनेछ ।"
हामि मानव कुनै न कुनै काम नगरी बस्न सक्दैनौ । काम गर्दा कहिले सहजता आउछ त कहिले अफ्ठ्यारो नि आउन सक्छ । यदि कहिलेकाही सजिलो हुदा मेरो भाग्य हो या होइन त्यो बिषय कम्ति मात्रै सोचिन्छ तर अफ्ठ्यारो पर्दा हामि भाग्य सम्झिन्छौ । हामि कुनै उद्योगधन्दा खोल्नु भन्दा अगाडी होस् समय वा उद्योगधन्दा खोलि सकेपछि कसरि अगाडी बढ्ने भन्ने कुरामा धेरै जान्न जरुरि छ । हामीले सामान्य भासामा भन्ने हो भने यो कर्मको फल हो तर ज्योतिषीय नजरमा यो सबै ग्रहको खेल हो ।
ज्योतिषीय नजरमा उद्योगधन्दा को कारक ग्रह शनि हो र शनि शुभ भएमा उद्योग व्यवसाय फस्टाएर जान्छ तर शनि अशुभ भएमा उद्योग व्यवसाय खस्किन पनि सक्छ । यदि तपाइँ कुनै ठुलो उद्योग व्यवसाय सुरु गर्न खोज्दै हुनुहुन्छ भने शनि ग्रह लाइ विशेष ध्यान पुर्याउन जरुरि छ । यदि गर्दै गरेको उद्योग व्यवसाय फ़स्टाउन सकेको छैन भने तपाइँ शनिबार शुद्ध रहने ( विहानै उठेर नुहाइधुहाइ सकेर पिपलामा पानि चढाउने ,माछा , मासु , लहसुन , प्याज नखाने ) र ॐ श शनैश्चारय नम: १०८ पटक जप गर्ने र निलम ५ वा ७ क्यारेट को धारण गर्ने । यदि यसो गरेमा तपाइको उद्योग-व्यवसाय फ़स्टाएर जानेछ ।
© हलेसी ज्योतिष परामर्श केन्द्र २०१६ -२०२३ All rights reserved